आइतबार नेप्सेमा कारोबार बढ्यो परिसूचक घट्यो,पाँच कम्पनीको सेयर मूल्यमा सर्किट
काठमाडौं-साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५.५९ अंकले घटेको छ।
यसदिन नेप्से ०.२२ प्रतिशतले घटेर २०७३.१९ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार चार अर्ब ३८ करोड ८२ लाख ७८ हजार ७२० रूपैयाँको कारोबार भएकोमा आइतबार पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार ५२२ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८० करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१३ वटा धितोपत्रको एक करोड चार लाख ५२ हजार १२८ कित्ता सेयर किनबेच भएको हो। आइतबार ९७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ३ कम्पनीको मूल्य स्थिर रहेको छ।
यसदिन पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ।
प्रतिक्रिया