श्रीमतीमाथि रड प्रहार, उपचारका क्रममा मृत्यु; श्रीमान पक्राउ

काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार नेपाली ब्रो भनेर चिनिने ४२ वर्षीय कुमार थापाले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलमाथि फलामको रड प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि थापालाई प्रहरीले नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखेको छ। घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस घटनाले स्थानीय क्षेत्रमा शोक र त्रासको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया

TOP