महालेखाको एक्सन: लेखा परीक्षणकै क्रममा साढे १४ अर्बभन्दा बढी असुल

काठमाडौँ- महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण गर्ने क्रममा १४ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रकम असुलउपर गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा लेखा परीक्षणबाट औँल्याइएका बेरुजुका सम्बन्धमा प्रमाण पेस गरी, नियमित गरी-गराई वा असुलउपर गरी फर्स्योट गर्नुपर्ने कानुनी व्यवस्था छ। यसरी बेरुजु फर्स्योट भएपछि महालेखा परीक्षकको कार्यालयबाट अनिवार्य रूपमा सम्परीक्षण गराउनुपर्ने हुन्छ।

​महालेखाको प्रतिवेदनअनुसार यस वर्षको लेखा परीक्षणका क्रममा प्रारम्भिक प्रतिवेदन पठाएपछि तथा विगतको बेरुजु सम्परीक्षण गर्दा कुल १४ अर्ब ६३ करोड २६ लाख ९९ हजार रुपैयाँ असुल भएको हो। उक्त रकममध्ये लेखा परीक्षण भइरहेकै क्रममा ५७ करोड ६९ लाख रुपैयाँ, प्रारम्भिक प्रतिवेदन पठाइसकेपछि ९० करोड ४८ लाख रुपैयाँ र विगतको बेरुजु सम्परीक्षण गर्ने क्रममा सबैभन्दा बढी १३ अर्ब १५ करोड १० लाख रुपैयाँ असुल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। महालेखा परीक्षकको कार्यालयले बेरुजु फर्स्योट र सम्परीक्षण प्रक्रियालाई तीव्रता दिएसँगै यो ठुलो परिमाणमा सरकारी रकम असुल हुन सफल भएको हो।

प्रतिक्रिया

TOP