गीतकार मजगैयाँको नयाँ गीतमा रुद्र र समिक्षाको स्वर

काठमाडौं– गीतकार एवं गजलकार शशि शर्मा मजगैयाँको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमभावले भरिपूर्ण गीतमा समिक्षा अधिकारी र रुद्र शेखर शर्माको स्वर रहेको छ ।

“के छ ओइ सान्नानी तिम्रो चालिमाली”बोलको गीत शुक्रबार आवाज इन्टरनेशनल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् ।गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत सम्योजन बिशाल निरौलाले गरेका छन् ।

समिक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रुचाइएका गायक हुन् । प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमको लागि अरु गीत तथा गजलहरु पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए ।
क्रान्ति केसीद्वारा निर्देशित गीतको छायांकन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा खिचिएको गीतमा अहिलेका चर्चित मोडेलहरु सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस् 
https://youtu.be/9Hwc-mtE4AU?si=EOuSl0pxLV_9r0Yj

प्रतिक्रिया

TOP