अमेरिकाको बाल्टिमोरमा मखमली सांगीतिक साँझको आयोजना हुँदै

बाल्टिमोर-अमेरिकामा चर्चित कलाकारहरुको प्रस्तुती सहित साङ्गीतिक साँझ कार्यक्रमको आयोजना हुने भएको छ ।

अमेरिकास्थित मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा कार्यक्रमको आयोजना हुन लागेको कार्यक्रमको संयोजक लोकदोहोरी गायिका सीर्जना बिरही थापाले बताइन् । कार्यक्रमलाई पुर्णरुपमा सफल बनाउन अमेरिकामा रहनुहुने नेपालीहरुलाई सहयोग र साथको लागि आव्हान गरिएको पनि उनले बताइन् । दर्जन बढी लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने कार्यक्रमको सफलताको लागि दताहरुबाट सहयोग आउनेक्रम समेत अगाडि बढेको उनले जानकारी दिइन् ।

कलाकारहरुको सयोजन तथा व्यवस्थापन गर्ने काम लोकदोहोरी गायक तथा सर्जक राजन ठकुरीले गरिरहेका छन् । यहि २७ अक्टोबर २०२४ मा आयोजना हुने कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष एवं लोकप्रिय दोहोरी गायक चन्द्र शर्मालाई बिशेष स्वागत गरिने गायक ठकुरिले बताए ।गायक शर्मा हालैमात्र कार्यक्रमका लागि अमेरिका पुगेका छन् ।यसैबिच दोहोरि गायक एवं समाजसेवी पारसमणी श्रेष्ठलाई सम्मान गरिने उनले बताए । गायक श्रेष्ठ म्याग्दी सामाजका संस्थापक अध्यक्ष समेत हुन् ।

कार्यक्रममा थुप्रै सुप्रसिद्ध कलाकारहरु डोलमाया गुरुङ, नृत्य निर्देशक तथा मोडल शंकर बि. सि., संगीत संयोजक कमल सौराग, लोकप्रीय गायिका मुना थापा, सर्जक सज्जन बोहोरा, अमृत रामदाम, गायीका सुमित्रा लामा, भीमसेन शाह, गुरुङ, सुजन रामदाम, नवनायिका मुस्कान गुरुङ र बाध्यबाधक राजेश खड्गीको प्रस्तुति रहनेछ ।

प्रतिक्रिया

TOP