सर्जक मजगैयाँको नयाँ गीत बजारमा

काठमाडौं-सर्जक सुमन शर्मा मजगैयाँको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
बाल गायिकाको रुपमा सुप्रसिद्द गायिका कमला घिमिरेसङ्ग सहकार्य गरि सर्जक मजगैयाँले गीत बजारमा ल्याएका हुन् । केहीदिन अघि मजगैयाँले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेको गीतले सामाजिक संजालमा चर्चा बटुलिरहेको छ ।
आफ्नै शब्द र लय रहेको गीतमा मजगैयाँले आफै स्वर भरेका छन् । यम थापा मगरको सङ्गीत सम्योजन रहेको गीतको भिडियो पनि सार्वजनिक भएको छ । गायक गायिका नै देखिएको गीतको भिडियोको निर्देशन तथा सम्पादन प्रेमराज लामिछानेले गरेका छन भने गीतको छायांकन सरोज पान्डेले गरेका छन् ।
केही समय अघि आधुनिक गीत समेत बजारमा ल्याएका मजगैयाँ पछिल्लो समय लोक दोहोरी गीतमा व्यस्त देखिन्छन् । उनको पछिल्लो समय सुनिता बुढा क्षेत्रीसङ्ग गाएको “मायाले चुमेर खत बस्यो”बोलको गीत र अञ्जु बिश्वकर्मासङ्ग गाएको “नजिक सर के”बोलका गीतहरु पनि उत्तिकै चर्चामा रहेका थिए ।
यी सबै गीतहरुमा मजगैयाँले आफै शब्द,लय र स्वर दिएका छन् ।
यसपछी गुन्जन खनालको शब्दमा आफ्नै सङ्गीत र स्वरमा “असी किलो” बोलको प्यारोडी गीत सार्वजनिक गर्ने तयारीमा समेत रहेको उनले बताएका छन् ।
भिडियो:
प्रतिक्रिया