राप्रपाको संसदीय दलमा नयाँ जिम्मेवारी: ज्ञानेन्द्र शाही नेता र खुश्बु ओली प्रमुख सचेतक
काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको नेतृत्व र मुख्य जिम्मेवारीहरू टुङ्गो लगाएको छ। पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको छ।
यसपटकको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट प्रत्यक्षतर्फ निर्वाचित हुने शाही एकमात्र सांसद हुन्। उनले जुम्लाबाट भारी मतका साथ विजय हासिल गरेका थिए।
त्यसै गरी, बैठकले खुश्बु ओलीलाई पार्टीको प्रमुख सचेतक (Chief Whip) नियुक्त गरेको छ। ओली समानुपातिक निर्वाचन प्रणालीमार्फत खस-आर्य महिला क्लस्टरबाट सांसद चुनिएकी हुन्। निर्वाचन आयोगमा बुझाइएको अन्तिम बन्दसूची अनुसार उनी राप्रपाको प्रभावशाली युवा अनुहारका रूपमा संसद्मा प्रवेश गरेकी छिन्।








प्रतिक्रिया