सहकारी पीडितका अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात
काठमाडौं- काठमाडौं जिल्ला अदालत परिसर बबरमहलमा अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको छ।सहकारी पीडितका तर्फबाट वकिल रहेका त्रिपाठीमाथि अदालत परिसरमा बुधबार अपराह्न हातपात भएको हो।
बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि हातपात गरेका हुन् । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए । आक्रमणमा संलग्न १ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
काठमाडौं अदालत परिसरमा रास्वपा कार्यवाहक सभापति डिपी अर्याल, सांसदहरू सोबिता गौतम, चन्दा कार्की, हरि ढकाल, नेता दीपक बोहरा र रमेश प्रसाईंलगायत पनि उपस्थित छन्। अहिले अदालत परिसरमा ठूलो संख्यामा प्रहरीहरू परिचालन गरिएको छ।









प्रतिक्रिया