एकीकृत समाजवादी अगामि निर्वाचनमा एक्लै लड्छ:प्रवक्ता

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) ले अगामि निर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ।

मंगलबार पार्टी स्थायी कमिटिको बैठकपछि बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले एक्लै निर्वाचन लड्ने र त्यसको तयारीको लागि जनताको बीचमा जाने समेत निर्णय गरेको बताए।

प्रवक्ता खतिवडाका अनुसार जनजिविका, सुशासन र भ्रष्टाचारको सम्बन्धमा जनताको चेतना वृद्धि गर्नको लागि जनसंघर्ष अथवा आन्दोलनको माध्यमबाट पार्टीको सुदृढिकरण र निर्माण गर्नको लागि आन्दोलन र जनसंघर्ष गर्ने निर्णय गरिएको छ। जनसंघर्षका कार्यक्रमहरु केही दिनमा सार्वजनिक गरिन उनले बताए।

प्रतिक्रिया

TOP