अमेरिकामा लोक दोहोरी गायक चन्द्र शर्मा सम्मानित

काठमाडौं-वरिष्ठ लोक तथा दोहोरी गायक चन्द्र शर्मा अमेरिकामा सम्मानित भएका छन् । अमेरिका स्थित अन्तराष्ट्रिय साहित्य समाज(अनेसास) र कोलोराडो नेपाली घरले लोक तथा दोहोरी गायक चन्द्र शर्मालाई सम्मान गरेको हो ।

कोलोराडो राज्यमा आयोजना भएको दशैं तिहार साङ्गितीक साँझमा प्रमुख अतिथिको रुपमा अमेरिका पुगेका शर्मा विभिन्न संघ संस्थाद्वारा सम्मानित भएका छन् ।

जसमा सुप्रसिद्ध लोक दोहोरी गायिका सिर्जना बिरही थापा संयोजक रहेको मखमली साङ्गितीक साँझ मेरिल्याण्ड बाल्टीमोर, इनास वाल्टीमोर च्याप्टर, गोर्खाली दोहोरी साँझ न्यूयोर्क, राप्ती सेवा समाज न्यूयोर्क, भान्सा घर न्युयोर्क साथै अमेरिकामा रहेका थुप्रै नेपाली समाजहरुले शर्मालाई कलाकारिता कै माध्यमबाट नेपाली गीत संगीतलाई देश विदेशमा परिचित गराउन विभिन्न संघ संस्थामा आबद्ध भई पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरेका हुन् ।

विश्वका थुप्रै मुलुकहरुमा साङ्गितिक भ्रमण समेत गरिसकेका शर्मा अमेरिकाको करिब १२ राज्यमा भ्रमण गरी त्यहाँ भएका नेपाली समुदायहरुसँग साङ्गितिक कार्यक्रमहरुमा अन्तरक्रिया समेत गरेका छन् ।

उनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष, थुप्रै राष्ट्रिय प्रतियोगिताहरुको निर्णायक तथा हाल संगीत रोयल्टी संकलन समाजको उपाध्यक्ष, राष्टिय कलाकार तथा वरिष्ठ लोक दोहोरी गायक समेत हुन् । उनी पछिल्लो समयका सर्वाधिक रुचाइएका लोक तथा दोहोरी गाएकका रुपमा देश तथा बिदेशमा व्यस्त छन् ।

प्रतिक्रिया

TOP