अधिवक्ता मजगैयाँ र प्रवासी नेपालीहरुबिच अमेरिकामा छलफल

मेरिल्यान्ड -अधिवक्ता तथा अधिकारकर्मी शशि शर्मा मजगैयाँ र अमेरिकाको मेरिल्यान्डमा बस्ने नेपालीहरुबिच सोमबार बाल्टिमोरमा छलफल भएको छ । अमेरिकामा नेपाली समुदायको अवस्था बुझ्न र नेपालका लागि विकास लक्षित कार्यक्रमसङ्ग प्रवासी नेपालीहरुलाई जोड्न आवाज इन्टरनेशनल अमेरिकाद्वारा एन.आर.एन.ए बाल्टिमोर र प्रवासी नेपालीहरुको बाल्टिमोरस्थित संघ (बाना)संग सहकार्य गरि सो छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

अधिवक्ता मजगैयाँ अमेरिका आएको सन्दर्भमा केही दीर्घकालीन योजनाका कार्यक्रमहरु निर्माण गर्न र प्रवासी नेपालीहरुको अमेरिकामा देखिएका चुनौती र अवसरका विषयमा छलफल तथा अन्तरक्रिया गर्न कार्यक्रमको आयोजना गरिएको एन.आर.एन.ए बाल्टिमोरका सचिव गोविन्द सापकोटाले बताए ।

कार्यक्रममा अधिवक्ता मजगैयाँले नेपालमा प्रवासबाट समेत योगदान गर्न सकिने भन्दै केही महत्त्वपूर्ण कार्यक्रमका योजना प्रस्तुत गरेका थिए । सोहिबिच आफ्नो धारणा राख्दै एन.आर.एन.ए बाल्टिमोरका अध्यक्षसमेत रहेका व्यवसायी कुलबहादुर गुरुङले सामुहिक प्रयास भएको खण्डमा नेपाल र नेपालीको उत्थानका लागि तयार हुने कार्यक्रम तथा दीर्घकालीन परियोजनाहरुमा आफ्नो सदैब साथ रहने बताए ।

त्यसैगरी बानाका अध्यक्ष तथा व्यवसायी सुबोध विलास पन्तले यहाँ रहेका हरेक नेपालीको एकताले नेपालमा थुप्रै राम्रा कामहरु गर्न सकिने र त्यसका लागि सहकार्य आवश्यक रहेको औंल्याए । त्यसैगरी बाल्टिमोरमा सफल व्यवसायीका रुपमा चिनिएका समाजसेवी प्रवीण भण्डारीले पनि आ-आफ्नो तरिकाले व्यक्तिगत प्रयासमा केही कामहरु नेपाल लक्षित भएतापनी त्यसको सामुहिक र दीर्घकालीन स्वरुप निर्माण हुनुपर्नेमा जोड दिए । उनले प्रवासी नेपालीहरुलाई नेपालमा सिधा सरकारसङ्ग सहकार्य गरि काम गर्न सक्ने सहज वातावरण भएदेखि नेपालमा सेवा र व्यवसाय प्रवाह गर्न प्रवासी नेपालीहरु सदैव तयार रहने धारणा राखे ।

एन.आर.एन.ए बाल्टिमोरका सचिव गोविन्द सापकोटाले नेपाल र नेपाली लक्षित महत्त्वपूर्ण कार्यक्रम तथा परियोजनाका सन्दर्भमा चासो राखी कार्यक्रम आयोजना गरेको आवाज इन्टरनेशनललाई धन्यवाद दिदै भविष्यमा निरन्तर सहकार्य गर्न सकिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अधिवक्ता मजगैयाँले प्रवासी नेपालीहरुको सीप,ज्ञान,क्षमता,दक्षता र लगानीलाई नेपाल सरकारले सहि सदुपयोग गर्नुपर्नेमा जोड दिदै आफ्नो तर्फबाट पनि त्यसका लागि उपयुक्त वातावरण सिर्जना गर्न पहल समेत गर्ने जनाए । मजगैयाँ नेपालमा विकासका कार्यक्रम सञ्चालन तथा कार्यान्वयनमा समेत सक्रिय छन् । थुप्रै चर्चित गीतका रचनाकार मजगैयाँ गीत तथा गजल लेखनमा समेत अब्बल मानिन्छन् ।
कार्यक्रमको सहजीकरण तथा संयोजन आवाज इन्टरनेशनल अमेरिकाका प्रमुख कार्यकारी अधिकृत रुद्र शेखर शर्माले गरेका थिए । उनले आगामी दिनहरुमा पनि विभिन्न संघ संस्थाहरुसङ्ग सहकार्य गरि यस्ता खालका वहस,छलफल तथा अन्तरक्रिया निरन्तर आयोजना गर्ने बताउँदै सहकार्यका लागि सबैलाई आव्हान समेत गरे । बैंक अफ अमेरिकामा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत अधिकृत शर्मा डायस्पोरामा सक्रिय गायक पनि हुन् । उनि पछिल्लो समय अमेरिकामा गायन तथा सामाजिक गतिविधिमा सक्रिय छन् ।

 

प्रतिक्रिया

TOP