कुनै पनि महत्त्वपूर्ण काम नगर्न–नगराउन प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण
काठमाडौँ – आफु सरकारबाट बाहिरिसकेपछी नेकपा (एमाले)ले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न–नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले विश्वासको मत पाउने अवस्था नरहेको र अल्पमतमा परेको उल्लेख गर्दै दीर्घकालीन निर्णय नगर्न आग्रह गरेका हुन्।
साथै, एमालेले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्नसमेत प्रधानमन्त्री दाहाललाई आग्रह गरेको छ।
प्रतिक्रिया