विकल्पको एन्टिथेसिस सार्वजनिक:राज्यले छपाएर वितरण गर्नुपर्नेमा पूर्वप्रधानमन्त्रीको जोड

काठमाडौं-प्रगतिशिल र आक्रामक देखिने लेखक प्रकाश विकल्पको ‘एन्टिथेसिस’ नामक पुस्तक सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा एक समारोहका बिच पुस्तकलाई सार्वजनिक गरिएको हो। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई , नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ पूर्वविज्ञानमन्त्री गणेश साह, पूर्वराजदूत एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, प्रा.डा सुधा त्रिपाठी र प्रा.डा दिनेश भुजुले पुस्तकलाई सार्वजनिक गरेका हुन्।

एन्टिथेसिसमाथि धारणा राख्दै पूर्वप्रधानमन्त्री भट्टराईले पुस्तक वैज्ञानिक तथ्यका आधारमा लेखिएकोले यसलाई राज्यले नै लाखौँ प्रति छपाएर वितरण गर्नुपर्नेमा जोड दिए। उनले पुस्तक खोजमूलक, ज्ञानवर्द्धक र वैचारिक रहेकाले युवापुस्ताका लागि अध्ययन उपयोगी हुने समेत बताए। विश्वमा बढ्दै गएको वैचारिक संकटको वर्तमान अवस्थामा पुस्तकले विचार विमर्शको अवसर खडा गरेको उनको भनाइ थियो।

माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुर्वमन्त्रि जनार्धन शर्माले पुस्तक विज्ञान प्रविधि र परिवर्तनको पक्षमा रहेको औँल्याए। विकास क्रममा निरन्तर संघर्ष अनिवार्य हुने कुरामा पुस्तक केन्द्रित रहेको उनको भनाइ थियो।

यससंगै पूर्वविज्ञानमन्त्री गणेश साह, पूर्वराजदूत एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, प्राडा सुधा त्रिपाठी र प्राडा दिनेश भुजुले पुस्तकमाथि टिप्पणी गरेका थिए।

आफ्नो पुस्तक एन्टिथेसिसमाथि धारणा राख्दै विकल्पले पुस्तक मार्फत हरेक मान्छेलाई मान्छे बन्न प्रेरित गरेको बताए । उनले हरेक नागरिकले परिवर्तनको नियम नबुझेसम्म देश विकास नहुने समेत बताएका छन् । पुनर्जागरण आन्दोलन हुनुभन्दा अगाडिको युरोपसँग नेपालको तुलना गर्दै नेपाल आज पनि करिब करिब डार्क एजमै रहेको उनको धारणा थियो।

मानवजातिको इतिहास, विकासक्रम, विज्ञान प्रविधिको विकास हुँदै आज मान्छे आर्टिफिसियल इन्टेलिजेन्सको युगमा कसरी आइपुग्यो ? पुस्तकले यसको जवाफ दिएको उनले बताए।
शिखा बुक्सको प्रकाशनमा निकालिएको ‘एन्टिथेसिस’ ले नयाँ अग्रगामी राजनीतिक विचारबारे जिज्ञासु तथा नयाँ पुस्तालाई नयाँ जिवन सिकाउन पनि उपयोगि हुने उनको तर्क छ ।

पुस्तकमा ओडारदेखि आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषयवस्तु समेटिएका छन् । मानव सभ्यतासँग सम्बन्धित खोजमूलक यस पुस्तकमा मानव समाजको वैज्ञानिक विकासक्रमलगायत विषय समेटिएकोलेखक विकल्पको दाबी छ ।

यसअघि उनले ‘देश किन बनेन’ ? र ‘समृद्धिको रोडम्याप’ पनि बजारमा ल्याईसकेका छन् ।

प्रतिक्रिया

TOP