भ्रष्टाचारमा डामिएका निलम्बित मुख्यसचिवलाई सरकारको अनौठो उपहार
काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि निलम्बित भएका मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सोहि सरहको सेवा सुविधा पाउने गरि सरकारले उपहार स्वरुप नयाँ दरबन्दी सिर्जना गरेर राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा मुख्यसचिवसरहको नयाँ दरबन्दी सिर्जना गरेर अर्याललाई सरुवा गरेको हो । यससँगै नयाँ मुख्यसचिव नियुक्ति गर्ने बाटो खुला भएको छ ।
मुख्यसचिव नहुँदाको अवस्थामा तत्कालका लागि काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी वरिष्ठतम् सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको छ ।
प्रतिक्रिया