मंगलबार सेयर बजार हरियाली,नेप्से २१०० माथी
काठमाडौं- मंगलबार सेयर बजार हरियाली भएको छ । आज नेप्से परिसूचक ३३.१५ अंकले बढेको छ।यसदिन नेप्से १.५९ प्रतिशतले बढेर २११५.२४ विन्दुमा बन्द भएको छ।यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। सोमबार पाँच अर्ब ४९ करोड छ लाख नौ हजार ७८२ रूपैयाँको कारोबार भएकोमा मंगलबार पाँच अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रूपैयाँको सेयर कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६ करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३११ वटा धितोपत्रको एक करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच भएको हो। मंगलबार २०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ४१ वटाको घटेको छ। यस्तै, २ कम्पनीको मूल्य स्थिर रहेको छ। आज अधिकांश हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ।
प्रतिक्रिया