नेप्से मंगलबार बढेर २ हजार ८५.३० विन्दुमा उक्लियो
काठमाडौँ — अघिल्लो दिन झण्डै चार अंकले घटेको नेप्से मंगलबार भने ६.२२ अंकले बढेर २ हजार ८५.३० विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२९ प्रतिशतले बढी हो । मंगलबार कारोबामा आएकामध्ये १ सय २५ वटा कम्पनीको सेयर मूल्य बढ्यो, १ सय १४ वटाको घट्यो र बाँकी ८ वटाको स्थिर छ ।
मंगलबार ५३ हजार ९ सय ९९ वटा कारोबारबाट ८३ लाख ५ हजार ७ सय ८६ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा पनि सामान्य बढेको हो । सोमबार ४ अर्ब ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
पछिल्ला केही महिना यता नेप्सेले स्पष्ट गति समात्न सकेको छैन । नत ठूलो अंकले घटबढ नै भएको छ नत उल्लेख्य रुपमा कारोबार बढ्न नै सकेको छ । दैनिक रुपमा हेर्दा बहुसंख्यक कारोबार दिन नेप्से घटेको छ भने बाँकी दिन मात्र बढेको छ । घटबढको दर हेर्दा बढ्ने भन्दा घट्ने धेरै छ । यो प्रवृतिले सेयर बजारमा लगानीकर्ताको उत्साह नभएको पुष्टी हुने जानकारहरु बताउँछन् ।
प्रतिक्रिया