कवि सरोजप्रसादको कविता:युवाको उडान

युवाको उडान

केहि गरुँ तडप छ यो, नसा पनि गजब छ यो!
मनको युद्ध विराट छ, प्यास त अलग छ यो!!
छैन दाग चरित्रमा, घमण्डमा त समय छ यो!!!
छैन दोष आँखामा, कालो त समय छ यो!!!!
यदि सत्यता छ लक्ष्यमा, गर तयारी उडानको!
लगाऊ धार औजारमा, कोर रेखा इतिहासको!!
यदि शक्ति छ सङ्कल्पमा, चलाउ तिर कर्मको!!!
सिकार गर आलश्यको, पुकार गर विश्वासको!!!!

कालको छ चाल यो, चुनौती छ कुरूक्षेत्रमा!
याद राख समय-चक्र, विजय छ मैदानमा!!
सस्तो छैन जीत कुनै, दाऊ छ अन्तिम नेत्रमा!!!
डर भगाऊ भित्रको, प्रहार गर विजयनेत्रमा!!!!
छिन्नुपर्छ जगमा यो, हकको सफलतालाई!
चिन्नुपर्छ कल्युगमा यो, मानवरुपी दनवलाई!!
प्रहार गर जरामा यो, डाँकाको बजारलाई!!!
उठाऊ शस्त्र यहि समय छ, अन्तिम बाण चलाउनलाई!!!!

मनाऊ उत्सव सफलताको, अब तिम्रो उडान छ!
नचाऊ काल नक्षत्रलाई, अब शिखर जवान छ!!
समर्पण गर ज्ञानलाई, अब यो देशको श्रृंगार छ!!!
तयार होऊ मेटिनलाई, यहि प्रकृतिको संविधान छ!!!!

 

कवि-सरोजप्रसाद शाह

प्रतिक्रिया

TOP