निगाहको समय चाहिँदैन,अधिकारको समय मागेको हो: गगन थापा
प्रतिनिधिसभाको शुक्रबारदेखि आरम्भ भएको अधिवेशनमा संसदको ठूलो दललाई तीन मिनेट समय तोकेर बोल्न समय दिएपछि गगन थापा आक्रोशित भएका छन् । उनको समय सकियो भनेर सभामुखले भनेपछि र दुई मिनेट समय थप गरेको जानकारी दिएपछि नेपाली काङ्ग्रेसका महामन्त्री समेत रहेका साम्सद थापाले निगाहको समय आफुलाइ नचाहिएको र अधिकारको समय माग गरेको बताए ।
गृहमन्त्री रवि लामिछाने तमाम प्रामाणका बिच दोषी देखिदादेखिदै पनि प्रहरी प्रशासन ,महान्यायाधिवक्ता र प्रधानमन्त्री स्वयं उनको बचाउका लागि लम्पसार परेको भन्दै दोषी कुनै पनि हालतमा कार्वाही हुनुपर्ने आफ्नो अडान कायम रहेको उनले बताए । संसदिय छानवीन मार्फत दुधको दूध र पानी को पानी छुट्याउन उनको माग थियो ।
सम्सदिय छानवीन समिति निर्माण नै आफ्नो आफ्नो बटमलाइन रहेको भन्दै संसदको गति अगाडि नबढे सरकारले नै त्यसको जिम्मेवारि लिनुपर्ने उनको तर्क छ । काङ्ग्रेसको अवरोधका कारण पन्ध्र मिनेटका लागि भन्दै सभामुखले बैंकक स्थगित गरेका छन् ।
प्रतिक्रिया