विद्यार्थी कुट्ने निर्दयी शिक्षक, जसलाई तीन वर्षसम्म कैद हुन सक्छ

एक साताअघि ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित लिटिल स्टार इङ्लिस स्कुलका प्रिन्सिपल चक्र महर्जनले ५ कक्षामा पढ्ने एक बालकलाई मरणासन्न हुने गरी कुटपिट गरे । उक्त घटना कानुनविपरीत हुँदा पनि प्रिन्सिपल महर्जनविरुद्ध कारबाही प्रक्रिया अगाडि बढेको छैन । संविधानको धारा ३९ (बालबालिकाको हक) को उपधारा ७ मा कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको छ ।

तर, शिक्षकले यातना दिएको एक साताभन्दा बढी बितिसक्दा पनि पीडित परिवारले प्रिन्सिपलविरुद्ध जाहेरी दिएका छैनन् । पीडित बालक गरिब परिवारको भएकाले निःशुल्क पढाइदिने गरी घटना मिलाउन खोजिएको खुलासा भएको छ । सोही पालिकाका एक जनप्रतिनिधिले पनि विद्यालय र अभिभावकबीच मिलापत्र हुन लागेको बताए । ‘अभिभावकसँग विद्यालयले मिलापत्र गरेको कुरा आएको छ,’ एक जनप्रतिनिधिले भने, ‘पीडित अभिभावक हाम्रो सम्पर्कमा आउनुभएको छैन ।’

प्रतिक्रिया

TOP