बासु सरको शिक्षक गीतले लोकप्रियता बटुल्दै
काठमाडौं-शिक्षकहरुको जिवनमा केन्द्रित संदेशमुलक गीत सार्वजनिक भएको छ ।
एक दशक बढीको अध्यापन अनुभवलाई समेत समेटेर शिक्षकहरुको वास्तविक जीवन र भोगाईलाई उजागर गर्दै गीतको निर्माण गरिएको गीतका सर्जक वासु अधिकारीले बताए ।
गीतमा आफैले शब्द र सङ्गीत भरेका अधिकारीले गीत मार्फत शिक्षण पेशामा रहेका सम्पुर्ण शिक्षकहरुलाई राज्य र समाजले सम्मान गरेर व्यवहार गरोस् भन्ने आव्हान गरिएको बताए ।
निजामती सेवा सरह शिक्षण सेवालाई पनि सेवा सुबिधा हुनुपर्ने माग समेत गीत मार्फत गरिएको उनको भनाई छ । गीतमा उनलाई सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छिन् । डोलराज बार्ह्रघरेको सङ्गीत सम्योजन रहेको गीतको रेकर्डिङ मारुनी डिजिटलमा गरिएको हो ।
सन्तोष पोख्रेलले निर्देशन गरेको गीतको भिडियोमा अधिकारीसहित सीता शर्मा,शान्ता शर्मा,खेमराज शर्मा,पुष्पा पान्डेय,सिर्जना जिसि,अन्जु पोख्रेल,अमिता चौधरी,बसन्तराज अधिकारी,पुनम शर्मा,नारायण भुषाल,बरुण अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
रमित बोहोराको छायांकन र राज धामीको सम्पादन रहेको गीतलाई बासु सर नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । अहिले सामाजिक संजालमा गीत लोकप्रिय बनिरहेको छ ।












प्रतिक्रिया