दाङमा बाघको आक्रमणबाट तीनजना घाइते

दाङ-सोमबार बिहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न गएका तीनजनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

उनका अनुसार तुलसीपुर– ९ बेलुवानिवासी ४५ वर्षीया कमला केसी, सोही ठाउँकी ५३ वर्षीया सीताकुमारी भण्डारी र सोही ठाउँकी १८ वर्षीया सरिता भण्डारी घाइते भएका हुन् ।

केसीको दुवै हातमा सामान्य चोट लागेको छ भने सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

TOP