खेलाडीहरूलाई गाली गलौच नगर्न अधिकारकर्मी मजगैयाँको आग्रह

काठमाडौं-खेलाडीहरूलाई गाली गलौच नगर्न अधिकारकर्मी तथा अधिवक्ता शशि शर्मा मजगैयाँले आग्रह गरेका छन् ।

हार जित प्राविधिक कुरा भएको भन्दै सामाजिक संजाल फेसबुकमार्फत मजगैयाँले खेलाडीले खेलका माध्यमबाट देशको नाम उचो राख्न लागिपरेको र उनिहरुलाई हौसला दिनुपर्ने धारणा राख्दै शुभचिन्तक समक्ष उनले त्यस्तो आग्रह गरेका हुन् ।

कमजोर पुर्वाधारका बाबजुद पनि बलिया प्रतिस्पर्धीहरुलाई कडा प्रतिकार गरि उत्कृष्ट खेल प्रदर्शन गरेकोमा खेलाडीहरुलाई हतोत्साहित बनाउनुभन्दा सम्मान दिनुपर्ने उनको तर्क छ ।

आइसिसी टि -२० विश्वकप खेलमा शनिबार बिहान दक्षिण अफ्रिकासङ्ग एक रनको मात्र झिनो रन अन्तरमा नेपालले हार व्यहोरेपछी केही खेलाडीलाई शुभचिन्तकहरुले गाली गलौच तथा खेल हाराएको आरोप लगाएका थिए ।

प्रतिक्रिया

TOP