नयाँ मन्त्री परिषद्मा दलित खोई? संविधानविद् आचार्य

काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २२ सदस्यीय नयाँ मन्त्री परिषद् गठन भएसङ्गै एक जनाको पनि दलित समुदायबाट प्रतिनिधित्व नभएको भन्दै संविधानविद् डा.भीमार्जुन आचार्यले आपत्ति जनाएका छन् ।

नेपालका राजनीतिक दलहरु अझ बिशेषत: कम्युनिस्टहरुले दलितका नाममा निरन्तर राजनीति गर्दै उल्टो उनिहरुलाई नै उपेक्षित गरेको आचार्यको आरोप छ । उनलेे तत्काल मन्त्री परिषद्मा दलितको प्रतिनिधित्व गराउन माग समेत गरेका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत उनले यस्तो धारणा व्यक्त गरेका हुन् । उनी अगाडि लेख्छन् :
“दलितका नाममा सबैले धेरै राजनीति गरे । कम्युनिष्टहरूले त अझ बढी गरे । न हिजो प्रचण्ड नेतृत्वको सरकार न आज ओली नेतृत्वको सरकार, दलितलाई कुनै स्थान दिइएन ।होइन, भनाइ र गराइमा यति ठूलो खाडल हाम्रा नेताहरूमा कसरी रहन्छ ? मन्त्रिपरिषद्मा दलितको प्रतिनिधित्व तत्काल गराउन म आग्रह गर्दछु।”

प्रतिक्रिया

TOP