बालेन र रविको त्यो ऐतिहासिक अङ्कमाल: सिंहदरबारको यात्रा सफल, अब ‘डेलिभरी’ को पालो

काठमाडौँ- नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै एउटा भावुक दृश्य देखियो। शपथ ग्रहण समारोह सकिनेबित्तिकै रास्वपा सभापति रवि लामिछाने मञ्चमै पुगेर प्रधानमन्त्री बालेनलाई हार्दिक बधाई दिँदै कसिलो अङ्कमाल गरे।

यो अङ्कमाल केवल दुई नेताबीचको खुसी साटासाट मात्र थिएन, यो त वैकल्पिक राजनीतिको जग बसाल्न उनीहरूले गरेको सहकार्य  को सफलताको प्रतीक थियो।

गत पुस २८ गते रवि र बालेनबीच भएको ‘सात बुँदे सहमति’ अनुसार नै बालेन प्रधानमन्त्री बनेका हुन्। उक्त सहमतिमा रविले पार्टी हाँक्ने र बालेनले सरकारको नेतृत्व गर्ने उल्लेख थियो। आज सोही सहमति कार्यान्वयन भएको खुसीमा रवि लामिछाने निकै उत्साहित देखिएका थिए। उनले अङ्कमाल गर्दै बालेनको कानमा केही साउती मारेको दृश्यले धेरैको ध्यान खिचेको थियो।

रवि र बालेनको अङ्कमाल गरेको तस्बिर सार्वजनिक हुनासाथ फेसबुक र टिकटकमा समर्थकहरूको बाढी आएको छ। धेरैले यसलाई “नयाँ नेपालको नयाँ जोडी”“पुराना दलका लागि चुनौती” का रूपमा व्याख्या गरेका छन्। समर्थकहरूले लेखेका छन्— “हिजो एउटै मञ्चमा आउलान् र भनिएका दुई हस्ती आज देश बनाउन एकै ठाउँमा उभिएका छन्।”

प्रतिक्रिया

TOP