राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।

निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष थापा सहित ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, नारायणचौरबाट प्रर्दशनमा निस्किएको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि थापासहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।

राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

TOP