भिजिट भिसाका नाममा भइरहेको शोषण र भ्रष्टाचारप्रति गगन थापा बोले

धरान -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसाका नाममा भइरहेको शोषण र भ्रष्टाचारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसमा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

बुधबार धरान उपमहानगरपालिकामा आयोजित कांग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले हाल सार्वजनिक भइरहेको भिजिट भिसा प्रकरणले राज्य संयन्त्रमै रहेको मिलेमतो र संगठित अपराधको झलक दिएको बताएका हुन्।

उनले भने, “राज्यका जिम्मेवार अधिकारीहरूको मिलेमतोमा नागरिक ठगिएको, मानव तस्करीको शिकार भएका यस्ता घटनाले हामी सबै स्तब्ध भएका छौं। यस्ता कुकृत्यमा संलग्न जो–कोही होस्, जुनसुकै पदमा होस्, राजनीतिक होस् वा प्रशासनिक, कोही पनि उम्कन हुँदैन। सबैलाई कारबाहीको दायरामा ल्याइनुपर्छ।”

प्रतिक्रिया

TOP