अदालतमा रवि लामिछानेसहित ७ जनाको बयान सकियो

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछानेसहित जोडिएको पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दाको बयान सकिएको छ । मंगलबार जिल्ला अदालत कास्कीमा रविसहित ७ जनाको बयान सकिएको हो ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ बयान लिइएको छ ।

उनीहरुसँगको बयान सकिएसँगै मंगलबार नै थुनछेक बहस हुने अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ । सहकारी ठगी आरोपमा पक्राउ परेकाहरूलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा पनि थपिएको छ ।

प्रतिक्रिया

TOP