प्रमुख दुई दलबिच सहकार्य हुनु असामान्य होइन: पोखरेल

बाँके- नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गरेका छन् ।

विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा नेपालमा पनि सरकारले पूर्ण कार्यकाल सेवा गर्न सकोस् भन्ने चाहनाका साथ दुई दल  कांग्रेस र एमालेबीच सहकार्य भएको उनको भनाइ थियो ।

नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु शान्ति ढकाल, माहम्मदहारुन हलवाई, पशुपतिदयाल मिश्र, जिल्ला अध्यक्ष निरक गुरुङलगायत वक्ताले  पार्टी सुदृढीकरणमा जोड दिएका थिए ।

प्रतिक्रिया

TOP