केपी ओलीले नयाँ एउटा सिन्को पनि भाँचेको देखेको छैन:प्रचण्ड

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भएका बेला चीनसँग गरेका बिआरआई सहमति र समझदारीलाई अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले फोटोकपी गरेर प्रचार गरिराखेको आरोप लगाएका छन्।

मंगलबार चितवनमा पार्टीले गरेको खबरदारी सभामा बोल्दै अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेको पनि बताए।

‘नेपाल र नेपाली जनताको वृहत्तर हितको निम्ति गरिएका समझदारी र सहमतिहरू दुरगामी थिए। मलाई अहिले खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ हाम्रो अहिलेका प्रधानमन्त्रीलाई देख्दा। मैले गत साल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिराख्नु भएको छ। ती सबै गत साल गरिएका सहमति र समझदारी हुन्। केपी ओलीले नयाँ भनेको एउटा सिन्को भाँचेको मैले देखेको छैन।’

प्रतिक्रिया

TOP