उपसभामुखलाई हटाउन खोजिए माओवादी केन्द्रले प्रतिवाद गर्ने
काठमाडौँ – नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए प्रतिवाद गर्ने भएको छ । शुक्रबार बसेको पार्टी संसदीय दलको सिंहदरबारमा बसेको बैठकले उपसभामुखलाई हटाउन खोजिए प्रतिवाद गर्ने निर्णय गरेको हो।
‘उपसभामुखको बिषयमा हामीले कुरा आउनेबित्तिकै सशक्त ढंगले प्रतिवाद गरेकै छौं’, प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘उपसभामुखबाट केही कमजोरी भएकै लाग्छ हामीलाई पनि। सम्मानित पदमा बसेको मान्छेले लेटरहेड प्रयोग गर्दा विचार गर्नेपर्छ। तर, अहिलेको कुरा होइन। अहिले जसरी आयो त्यो बेठिक छ। त्यसैले उपसभामुखलाई हटाउने कुरा आयो भने प्रतिवाद गर्ने छौं।
प्रतिक्रिया