राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ

पोखरा-पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई लागुऔषध मुद्दामा अनुसन्धानका लागि कास्की प्रहरीले पक्राउ गरेको छ। उनले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागुऔषध बिक्री भएको खुलेपछि कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो।

गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापामगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठ पक्राउ परेको कास्कीका एसपी मोहन थापाले बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद भएका श्रेष्ठलाई पछि पार्टीले कारबाही गरी हटाएको थियो।

प्रतिक्रिया

TOP