अमेरिकी सरकारको निमन्त्रणामा नेपालबाट मजगैयाँ सहभागी

 न्यू अर्लिअन्स– अमेरिकन सरकार अन्तर्गत अमेरिकी वातावरणीय संरक्षण एजेन्सी (यु.यस ईपिए)को निमन्त्रणामा अमेरिकामा आयोजित सम्मेलनमा नेपालबाट शशि शर्मा मजगैयाँले सहभागिता जनाएका छन् ।

अमेरिकाको लुइजियाना राज्यको न्यू अर्लिन्समा आयोजित “राष्ट्रिय परिवेशीय वायु अनुगमन सम्मेलन”मा भाग लिन राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपाल र आवाज इन्टरनेशनलका अध्यक्ष समेत रहेका अधिवक्ता तथा अधिकारकर्मी मजगैयाँ अमेरिका आएका हुन् ।

अगस्ट १२ तारिक देखि न्यू अर्लिन्समा आयोजित सम्मेलनमा विश्वका विभिन्न देशहरुमा वायु प्रदुषणको मापन र अनुगमनमा कृयाशिल निकाय तथा विज्ञहरुको उपस्थिति रहेको थियो । मजगैयाँले पनि नेपालमा भाइटल स्ट्राटेजिज,विश्व स्वास्थ्य संगठन,व्लुम्बर्ग फिलान्थ्रोपिज लगायतका अन्तर्राष्ट्रिय निकायसङ्ग सहकार्य गरि काठमाडौं महानगरपालिकाका लागि वायु प्रदुषण मापन यन्त्रहरु जडान गरि त्यसको दीर्घकालीन कार्यक्रम संचालन गरिरहेका छन् ।

विश्वका विभिन्न क्षेत्रबाट उपस्थित विज्ञ र त्यहाँ प्रदर्सन गरिएका सामग्रीहरुबाट धेरै कुरा सिक्ने अवसर पाएको मजगैयाँले बताए । नेपालको काठमाडौं आफैमा विश्वको प्रदुषित शहरहरुको सुचिको अग्रभागमा रहेको अवस्थामा यो कार्यक्रमको सिकाइ अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै वायु प्रदुषण सम्बन्धि नीति तथा कार्यक्रम निर्माण गर्न र कार्यान्वयन गर्न आफुले पहल गर्ने मजगैयाँले बताए ।  उनले अमेरिका भ्रमणका क्रममा विभिन्न निकायका विज्ञ र विकास कार्यक्रम सञ्चालन गरिरहेका निकायहरुसङ्ग भेटघाट तथा छलफल पनि गरिरहेका छन् ।करिब एक महिनाको अमेरिका भ्रमण पश्चात् नेपाल फर्किने कार्यक्रम तय भएको उनले बताए ।

प्रतिक्रिया

TOP