रास्वपाले महामन्त्री ढकालको नाम नै हटायो

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालको नाम आफ्नो वेबसाइटबाट हटाएको छ । बिहीबार सो पार्टीले ढकालको नाम वेबसाइटबाट हटाएको हो ।

रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको थियो ।

प्रतिक्रिया

TOP