ओलीसँगको भेटपछि देउवाले डाके पदाधिकारी बैठक
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको तीन घण्टा छलफलपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्। सोमबार दिउँसो ३ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा पछिल्लो समसामयिक राजनीतिकाबारे छलफल हुने जानकारी दिए । बैठकमा केन्द्रीय समिति बैठक, भातृ संगठनका पछिल्लो अवस्थाबारे छलफल हुनेछ।
निकटस्थ स्रोतका अनुसार ओली र देउवाबीच संविधान संशोधन, सत्ता सहकार्य लगायत विषयमा कुराकानी भएको थियो । त्यसबारे पनि नेताहरूसँग देउवाले राय लिने स्रोतले बतायो । सभापति देउवाले सत्तारुढ मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार दिउँसो झण्डै तीन घण्टा छलफल गरेका थिए।
प्रतिक्रिया