नयाँदिल्ली पुगेका प्रधानमन्त्री दाहाललाई भारतीय सचिवले गरे स्वागत
काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली पुगेका छन् । आइतबार अपराह्न प्रधानमन्त्री दाहाल नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै त्यहाँ पुगेका हुन्।
उनलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले स्वागत गरेका छन् । मोदीको शपथमा सहभागीपछि प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम छ।
प्रधानमन्त्री दाहालसँगै कानुन मन्त्री पदम गिरी र दाहालकी छोरीसमेत रहेकी गंगा दाहाल पनि नयाँ दिल्ली पुगेकी छन्।
प्रतिक्रिया