विपक्षी दलको बहिष्कारका बाबजुद प्रधानमन्त्री दाहालले लिए विश्वासको मत

काठमाडौं- विपक्षी दलको बहिष्कारका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा चौथो पटक विश्वासको लिएका छन्।

प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका हुन्।

प्रस्तावको विपक्षमा शून्य मत परेको छ। प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको थियो। प्रतिनिधि सभाको सोमबारको बैठकमा उपस्थित सांसदमध्ये १५८ जनामात्र मतदान प्रक्रियामा सहभागी भएका थिए ।

नेपाली कांग्रेससहित विपक्षी दलहरु राप्रपा, जसपा, लोसपा, जनमाेर्चाका सांसद भने मतदान प्रक्रियामा सहभागी नै भएनन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली  २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

प्रतिक्रिया

TOP