वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्यामा देउवाको चिन्ता
काठमाडौं-नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा वैदेशिक रोजगारी महत्त्वपूर्ण योगदान रहेको र त्यसको सहि व्यवस्थापन हुनुपर्ने बताए ।
सभापति देउवाले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न सरकार जिम्मेवार हुनुपर्ने बताए । उनले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमिकहरुको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताए । उनले श्रमीकहरु ठगिनु, दुःख पाउन नहुने जिकिर गर्दै त्यसमा आफू र आफ्नो दल गम्भीर रहेको बताए ।
सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुको समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिए ।
प्रतिक्रिया