सभामुखले प्रचण्ड र ओलीसंग छलफल गर्दै :देउवालाई पनि बोलाउने तयारी

काठमाडौं- सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक  दल नेकपा (एमाले) का अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संसद् बैठक सुचारु गर्ने विषयमा छलफल गर्दैछन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो २ बजे सभामुख घिमिरेले दुवै अध्यक्षहरूसँग छलफल गर्ने समय निर्धारण भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सहकारी मुद्दामा छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । सोही कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि बैठकमा आमन्त्रण गर्ने तयारी भएको अधिकारीले जानकारी दिए । संयुक्त बैठकबाट सदन सुचारु गर्ने वातावरण बन्ने विश्वास सभामुख घिमिरेको रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

TOP