सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने:यस्ता छन् मन्त्री परिषद्का अन्य निर्णयहरु

काठमाडौं- मन्त्री परिषद्को बिहिवार बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने लगायत विभिन्न निर्णयहरु गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरवारमा बसेको बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्ष पदमा प्रा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल कृषि वन सेवा समूहीकरण अन्तर्गतको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ ।

यसका साथै बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा संगिता खड्का (काठमाडौं)लाई नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार,सुचना तथा प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।

प्रतिक्रिया

TOP