सरकारको नीति तथा कार्यक्रम:बालबालिकाको स्वास्थ्य बिमा गर्ने घोषणा

काठमाडौं – बालगृह बाल सुधार गृहमा रहेका बालबालिकाको स्वास्थ्य बिमा गर्ने घोषणा गरिएको छ । आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाल सुधार गृहमा शिक्षाको विशेष कार्यक्रम सञ्चालन गर्ने पनि घोषणा गरे ।

अभिभावविहीन, असहाय र हिंसा पीडित बाालबालिकाको उद्धारका लागी प्रदेश तहमा आपत्कालीन बाल उद्धार पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको छ ।

अनाथ, असहाय र टुहुरा व्यक्तिको संरक्षणको लागी स्थानीय तहमा कोष स्थापना गर्ने घोषणा गरिएको छ । २०८२ भित्र ‘सडक मानवमुक्त’ बनाइने राष्ट्रपति पौडेलले बताए ।

प्रतिक्रिया

TOP