रविले आफैँ फारम भरेर एक अर्ब रुपैयाँ ऋण लिएको गगन थापाको खुलासा
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले सनसनिपुर्ण खुलासा गरेका छन् ।
शुक्रबार बजेट बधिवेसनको आरम्भमा बोल्दै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आफैँले फारम भरेर एक अर्ब रुपैयाँ ऋण लिएको प्रमाण प्रहरीले नै संकलन गरेको खुलासा गरेका हुन् । प्रतिनिधिसभाको बजेट अधिवेशनको पहिलो बैठकमा कांग्रेसका तर्फबाट धारणा राख्दै महामन्त्री थापाले सहकारीको अर्बौँ रकम अपचलनको आरोप लागेका गृहमन्त्री लामिछाने अनुसन्धानबाट भाग्न खोजिरहेको बताए ।
यहाँ गृहमन्त्रीमाथि सहकारीको करोडौँ रुपैयाँ अपचलन गरेको आरोप लाग्दा पनि कुनै अभियोजन भएको छैन,अनुसन्धानसम्म पनि भएको छैन । प्रधानमन्त्री आफैँ संसद्मा उभिएर झुट बोल्नुभएको छ । के यहाँ गृहमन्त्रीले आफैँ फारम भरेर एक अर्ब रुपैयाँ ऋण लिएको प्रमाण पेस गरौँ, कुन-कुन प्रमाणहरु पेस गरौँ , यही कुरा हामीले संसदीय समितिबाट छानबान गरौँ भनेका हौँ, थापाले अघि भने, सरकार तपाईंहरु नै चलाउनुस् । तर छानबिन समिति बनाऔँ । तपाईंहरु नै नेतृत्व गर्नुहोस् । हामी पनि सँगै बसेर हेर्छौं । सत्यतथ्य छानबिनबाट बाहिर आउँछ ।
उनले कांग्रेसले विगतमा सरकारलाई सहयोग पुग्ने गरी सदन सञ्चालन गर्न दिएको भन्दै अब संसदीय छानबिन समिति नबनेसम्म सदनका कुनै पनि कामकारबाही अगाडि बढ्न नदिने बताए ।
प्रतिक्रिया