उद्योग वाणिज्य संघमा सिन्डिकेट भयो:ललितजंग शाह

यहि २९ वैशाखमा तोकिएको तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि दुईवटा व्यापारिक समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । । कांग्रेसले आधिकारिक रुपमा संघका महासचिव विनिल केसीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । तर, त्यो उम्मेदवारीविरुद्ध कांग्रेसका ललितजंग शाहले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमोर्चालगायत राजनीतिक दलको समर्थनमा अर्को प्यानल बनाएर चुनावी मैदानमा छन् ।

ललितको प्यानललाई कांग्रेसको एक खेमाले पूर्ण रूपमा समर्थन गरेको देखिन्छ जसमा संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू पनि छन् । दुवै उम्मेदवार अहिले व्यवसायीहरूको घरदैलोमा गइरहेका छन् । उनीहरूले आ–आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् ।

ललितजंग शाह नेतृत्वको प्यानलले पारिवारिक घेरा तोड्न आफ्नो उम्मेदवारी भएको बताउँदै आएको छ । ‘उद्योग वाणिज्य संघमा सिन्डिकेट भयो, परिवारको घेरामा छ,’ उनले भने, ‘यसलाई तोड्न पनि मेरो उम्मेदवारी रहेको हो ।’ आफूले मात्रै सबै व्यवसायीहरूको भावना समेट्न सक्ने शाहको भनाइ छ ।

शाहले कांग्रेसका आधाजति मत आफूलाई आउने दाबी गर्छन् । त्यसमा एमाले, माओवादी केन्द्रसहित गठबन्धनमा समावेश भएका दलहरूको मत थप हुँदा सजिलै जित्न सक्ने दाबी पेस गर्छन् ।
अर्कोतर्फ दुईपटक उपाध्यक्ष भइसकेका ललितलाई अहिले अध्यक्ष दिनुपर्ने थियो भन्ने खालको मनोविज्ञान पनि तयार भएको छ ।

प्रतिक्रिया

TOP