म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ:प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व लिएपछि अर्थतन्त्रमा निकै सुधार भएको दाबी गरेका छन् । आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीको सुनकोशी गाउँसमितिद्वारा मूलकोटमा आयोजित कार्यकर्ता भेटमा उनले यस्ताे बताएका हुन् । प्रधानमन्त्रीले भने, “म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ ।”
यसका साथै साेही कार्यक्रमलाई सम्बाेधन गर्दै प्रधानमन्त्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नयाँ ढङ्गले ल्याइने पनि दाबी गरेका छन् ।
उनले आर्थिक सूचकाङ्कमा पछि परेका क्षेत्र र वर्गलाई लक्षित गरेर नीति कार्यक्रम र बजेट निर्माण गरिने जानकारी दिए । यसै क्रममा प्रधानमन्त्रीले समाजवादको आधार तयार गर्ने पनि बताए । नीति कार्यक्रमलाई जनपक्षीय बनाउन विभिन्न पक्षसँग सुझाव लिने तयारी गरिएको जानकारी दिँदै उनले नीति कार्यक्रम र बजेटले समाजवादको आधार तयार गर्ने विश्वास दिलाए ।
प्रतिक्रिया