सिंहदरबारको अस्थायी हलबाट नयाँ युगको सुरुवात:नवनिर्वाचित सांसदले लिए शपथ, अर्जुननरसिंह केसीले गराए पदभार!
काठमाडौँ- नेपालको नयाँ प्रतिनिधिसभाका सबैन वनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद भवनको हाताभित्र तयार गरिएको अस्थायी संरचनामा आयोजित विशेष समारोहका बीच सांसदहरूले सामूहिक रूपमा शपथ ग्रहण गरेका हुन्।
संसदको स्थायी र भव्य भवन निर्माणको कार्य अझै पूर्ण नभइसकेकाले सचिवालयले विकल्पको रूपमा यो अस्थायी हल तयार पारेको हो। नयाँ भवन तयार नहुन्जेल अबका सबै संसद बैठक र संसदीय गतिविधिहरू यहीँबाट सञ्चालन हुनेछन्।
संसदका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सबै सांसदहरूलाई शपथ ग्रहण गराएका हुन्। केसीलाई यसअघि नै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराइसकेका थिए। आजको शपथ ग्रहणसँगै २७५ जनाकै काँधमा देशको कानुन निर्माण र नयाँ सरकार गठनको संवैधानिक जिम्मेवारी आइपुगेको छ।
रास्वपाका बालेन शाहसहितका नयाँ अनुहार र पुराना अनुभवी नेताहरूको यो ‘मिश्रित संसद्’ले अस्थायी हलबाटै भए पनि स्थायी परिवर्तनको सुरुवात गर्ने अपेक्षा गरिएको छ।








प्रतिक्रिया