लगानीकर्तामा उत्साह,नेप्सेमा उछाल कायमै

काठमाडौँ-साताको कारोबारको अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५९.६८ अंकले बढेको छ । यससँगै २७ महिनापछि सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९.६८ अंकले वृद्धि भई दुई हजार चार सय २४.३२ अंकले उकालो लागेको दिन १५ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ रुपैयाँको कारोबार भएको र ३ करोड ९९ लाख कित्ता सेयर किनबेच भएको छ । यसअघि २०७८ सालको चैत महिनामा नेप्से परिसूचक २४ सयको बिन्दुमा थियो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.३७ अंकले उकालो लागेर चार सय ३६.१४ मा पुगेको छ।

नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता सेयर १५ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट मेघा बैंक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत् कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था तथा थ्री स्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो।

यस्तै, कुमारी सबल योजना ५.७६, सिन्धु विकास बैंक ४.५७, गुहेश्वरी मर्चेन्ट ४.२२, एनसिसी डिबेञ्चर ३.९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.९० प्रतिशतले गुमाए।

प्रतिक्रिया

TOP