आज पनि नेप्सेमा दोहोरो अंकको उछाल:३ वर्षपछिकै उच्च कारोबार
काठमाडौँ – साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा आज पनि दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.३३ प्रतिशत अर्थात ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ विन्दुमा पुगेको छ ।
अघिल्लो दिन पनि नेप्सेमा ७० अंकको उछाल आएको थियो । उक्त दिन बजारमा ९ अर्ब १३ करोड बढीको कारोबार भएको थियो ।
आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.५० प्रतिशतले बढेर ४१९.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा स्क्रिप्टको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज भएको कारोबार २०७८ भदौ १० पछिकै उच्च् हो । त्यसदिन नेप्सेमा १३ अर्ब बढीको कारोबार भएको थियो ।
प्रतिक्रिया