बिहीबार नेप्सेमा करेक्सन भए पनि १९४ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं-साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्सेमा करेक्सन आएको छ। लगातार तीन दिन नेप्सेमा वृद्धि भएपछि बजारमा नाफा बुक गर्न लगानीकर्ता सक्रिय हुँदा नेप्सेमा करेक्सन आएको हो।
आज नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा बन्द भएको छ। यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा बढेको छ।
बुधबार पाँच अर्ब ८९ करोड ४० लाख ८९ हजार २४५ रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार छ अर्ब ४४ करोड ३० लाख २९ हजार २०८ रूपैयाँको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ५५ करोड रूपैयाँ वृद्धि भएको हो।
यस दिन ३१३ वटा धितोपत्रको एक करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४७ वटाको घटेको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रहेको छ।
प्रतिक्रिया