अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर

काठमाडौं-अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा दोषी ठहर भएका छन्।

पोर्नस्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्धलाई दबाउन लाखौँ डलर दिएको आरोप लागेका ट्रम्पलाई न्युयोर्क ट्रायल कोर्टले दोषी ठहर गरेको हो। सजायका लागि भने अदालतले ११ जुलाईमा अर्को पेसी तोकेको छ।

कानुनविद्हरूले ट्रम्पलाई जेल सजायभन्दा जरिवाना हुने सम्भावना बढी रहेको बताए। फैसलापछि ट्रम्पले अदालतमा धाँधली भएको प्रतिक्रिया दिए।

अमेरिकाका ४५औँ राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमै फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो राष्ट्रपति भएका छन्। ट्रम्प आउँदो राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका उम्मेदवारसमेत हुन्।

आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति बाइडेनलाई पराजित गरेर ह्वाइटहाउसमा फर्किन ट्रम्पले निर्वाचन अभियान चलाइरहँदा यो आदेश आएको हो।

प्रतिक्रिया

TOP