विश्वकप खेल्न जाँदै सन्दीप लामिछाने
काठमाडौं – उच्च अदालत पाटनबाट बलात्कार अभियोगमा सफाई पाएका स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ ।
निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो । अभियोग लागेपछि नेपाल क्रिकेट संघले निलम्बन निलम्बन गरेको थियोे ।
आईसीसी टी २० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए ।
आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त छ ।
नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी बाहिरनुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने कोषाध्यक्ष खड्काले बताए ।
प्रतिक्रिया