जुँगाको लडाइँमा संसदलाई बन्धक बनाउनु दलहरुको बदमासी हो:अधिवक्ता मजगैयाँ

काठमाडौं-निरन्तर संसद अबरुद्ध भएकोप्रती अधिवक्ता शशि शर्मा मजगैयाँले असन्तुष्टि व्यक्त गरेका छन् ।

शुक्रबार आवाज इन्टरनेशनलद्वारा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन बनाउने थलोलाई राजनीतिक प्रतिशोध साँध्ने थलो बनाउँदा संसद र साम्सदको गरिमालाई मेटाउने काम गरेको भन्दै राजनीतिक दलहरुको आलोचना गरे । जुँगाको लडाइँमा संसदलाई बन्धक बनाउनु दलहरुको ठुलो बदमासी भएको भन्दै नयाँ र पुराना सबै दलहरू कोहिभन्दा कोहि कम नभएको र उनीहरुको क्रियाकलापले जनता आजित भएको अधिवक्ता मजगैयाँको टिप्पणी छ ।

“हिउँदे अधिबेशन पनि छलफल गर्नुपर्ने तमाम बिधेयक र कानुनहरुमाथी छलफल नै नगरी स्थगित भएको थियो र आजदेखी शुरु हुन लागेको बजेट अधिबेशन पनि राजनीतिक आरोप प्रत्यारोपका बिच अनिश्चित छ,कार्यसुची नै बन्न सकेको छैन,यो के तमासा हो ?” उनले प्रश्न गरे ।देश वार्षिक निति तथा कार्यक्रम पारित गर्ने सङ्घिन मोडमा छ तर संसदमा सत्ता स्वार्थका लागि लडाइँ चलेको छ ।  दैनिक हजारौं युवा मुग्लान हिडेका छन् ,बजारको महङ्गी आकाशमाथी पुगिसक्यो,सरकार अवसर भन्दापनी निराशा बेचिरहेको छ ,न्यायालय विकाउमा तल्लीन भएका खबरहरु अखबारमा आउछन् ,संसद युद्ध सङ्ग्रामजस्तो भएको छ ,के गणतन्त्र यहि हो?उनको प्रश्न छ ।

काङ्ग्रेस एकोहोरो गृहमन्त्रीको राजिनामा माग्नु र गृहमन्त्री आफ्ना कयौं आरोपहरुका बिच पनि छानबिन समेत गर्नलाई तयार नहुनु, जुँगाको लडाई जनताको मिचाई भयो,उनले भने । तयार भएका विधेयकमाथी छलफल गर्ने र पारित गर्नुपर्ने बेला संसद राजनीतिक दाउपेचको सिकार हुनु विधिको शासन भएको मुलकका निम्ति ठूलो दुर्भाग्य हो,उनले थपे । दलका यस्ता क्रियाकलापले देश बन्धक बनेको उनको तर्क छ ।

प्रतिक्रिया

TOP